बिहिवार, कार्तिक २८, २०७६
    अध्यात्म चर्चा

    निधारमा टिका लगाउनुको फाइदा यस्तो

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ७ कात्तिक 

    हिन्दू परम्परा अनुसार शुभविहानी, शुभकार्य, पूजा तथा मन्दिरमा भगवानको दर्शन गरेपछि निधारमा टीका लगाइन्छ तर यसको थुप्रै वैज्ञानिक तथ्यहरु पनि छन् । 

    टीका लगाउँदा हाम्रो निधारको पिट्यूटरी ग्रन्थी सक्रिय हुन लाग्छ जसका कारण शरीरबाट अल्छीपना दूर हुन्छ । दिमागी शक्तिको विकास हुनुका साथै मानसिक तनावबाट मुक्ति मिल्छ । निधारमा नियमित रुपमा टीका लगाउँदा दीमागी नशा सक्रिय हुन्छन् । जसले हामीलाई इनसोमनिया र साइनस जस्ता रोगबाट बचाउँछ। 

    निधारमा हल्दीको चन्दन लगाउँदा त्वचा शुद्ध हुन्छ । किनकी हल्दीमा एन्टी ब्याक्टेरिय तत्व हुन्छ । जसले हामीलाई रोगबाट मुक्त राख्छ। 

    योगी तथा साधुहरु ध्यान शुरु गर्नुभन्दा अगाडि निधारमा टीका तथा तिपुण्ड लगाउँछन् । किनकी निधारमा नै आज्ञा चक्रमा उपस्थित पिण्डमा जोडिएका सबै नसाको समूह हुन्छ । यसरी टीका लगाउँदा मस्तिष्क शान्त रहनुका साथै मानिसक एकाग्रता बढ्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast