बिहिवार, कार्तिक २८, २०७६
    कला-सौन्दर्य

    चर्चित र्‍यापर 'भिटेन'लाई अभद्र व्यवहारको मुद्दा, युट्युबबाट गीत हट्यो

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    ७ कात्तिक, काठमाडौं । 

    चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । उनको खास नाम समिर घिसिङ हो । भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार जाउलाखेलबाट पक्राउ गरेको थियो ।

    पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।

    पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको स्रोतले जनाए छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast