आईतवार, मंसिर १, २०७६
    ब्राण्ड/संगठन

    नेबिको सुगर फ्रि डाईजेस्टिभ गिफ्ट फेमेली प्याकमा

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ७ कात्तिक 

    उपभोक्ताको चाहना एवं समय सान्दर्भिक गुणस्तरलाई विशेष ध्यानमा राखी नेबिको को सुगर फ्रि डाईजेस्टिभ गिफ्ट फेमेली प्याक बजारमा आएको छ ।

    उपभोक्ताको विश्वास जित्न तथा गुणस्तर उच्च राख्न नेबिको प्रा.लि. ले नेपाल गुणस्तर (NS) चिन्ह तथा ISO 9001;2008 Quality Management System को certification लिएको छ । हाल यस प्रा.लि.को स्वामित्वमा बिस्कुट, कन्फेक्नरी, मैदा मिल र  ट्रेडिंग कम्पनीहरु रहेका छन् ।

    सुगर फ्रि डाईजेस्टिभ बिस्कुट नेबिको को उत्कृष्ट उत्पादन मध्ये एक हो र विगत ६ वर्षदेखि नेपाली उपभोक्ता माझ यो ब्राण्ड लोकप्रिय वन्न सफल भएको छ । 

    साथै उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक वनाउन नयां प्याकेज मटेरियल प्रयोग गरिएको छ । विदेशवाट आयातित ACT (Air Tight Cartoon) मा प्याकिंग गरिएको यो बिस्कुट ३६० ग्रामको  रु. २०० वजार मूल्य रहेको छ । 

    यस फेमीली प्याक भित्र दस ओटा साना भिन्दा भिन्दै प्याक भएको हुनाले ग्राहकले खरिद पश्चात तुरन्त खपत गर्नुपर्ने बाध्यता रहदैन । प्याकेट खोल्दा पनि बिस्कुटको गुणस्तरमा कुनै कमी हुदैंन । अरु विदेशी बिस्कुटको तुलनामा यो बिस्कुट गुणस्तरीय र सुपथ मुल्यमा  खरिद गर्न सकिने  छ । 

    उपभोक्ताको पाचन प्रणालीको सहजिकरण, तौल नियन्त्रण तथा सन्तुलन एवं मधुमेह भएका तथा नभएका उपभोक्ताहरुको स्वास्थ्यलाई पनि ध्यानमा राखी कोलिस्ट्रोल  रहित उत्कृष्ट स्वादमा यो बिस्कुट उपलव्ध छ । मानव स्वास्थ्यमा सचेत उपभोक्ताहरु सम्पूर्ण निर्धक्क भई यो बिस्कुट उपभोग गर्न सक्नेछन् ।  

    कम्पनीले आगामी दिनमा पनि विभिन्न प्रकारका पोषण तथा स्वास्थ्यवर्धक उत्पादनहरु बजारमा ल्याउने विश्वास दिलाउंंदै यस उत्पादनलाई सबै सरोकारवाला, दिदीबहिनी तथा दाजुभाई एवं सम्पूर्ण ग्राहक वर्गले यो नेबिको सुगर फ्रि डाईजेस्टिभ उपभोग गर्नु हुनेछ भन्ने आशा राख्दै नेपाली उत्पादनलाई माया र प्रोत्साहन गर्नु हुनेछ भन्नेमा विश्वस्त छौ  । 

    नेबिको प्रा.लि. विगत छ वर्ष देखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा विक्रि वितरण  गरिरहेको ठुलो  कम्पनी हो । नेबिको प्रा. लि. ले स्थापनाकाल देखिनै आफ्ना उत्पादनको उच्च गुणस्तर कायम गर्दै आएको छ । 


     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast