बिहिवार, कार्तिक २८, २०७६
    कृषि-उर्जा

    बजारभरि झिलिमिली बत्ति, सीएफएल थन्कियो गोदाममा

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कार्तिक ७ । 

    बजारमा तिहारका लागि झिलिमिली बत्ति किन्ने ग्राहकहरुको भीड लाग्न थालेको छ ।

    उपभोक्ताहरुको आकर्षण र गुणस्तरलाई मध्यनजर गर्दै इलेक्ट्रिक व्यापारीले न्यूनतम १०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म मूल्य पर्ने झिलिमिली बत्ति बजारमा आएको छ ।

    हाल बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट बिक्रीमा छन् । नेपालमा २ वर्ष अगाडि मात्र एलईडी लाइट भित्रिएका हुन् । त्योभन्दा अगाडि सीएफएल तथा रंगिन विभिन्न भोल्टका लाइट प्रयोग गरिन्थ्यो ।

    अन्य प्रकारका लाइटभन्दा एलईडी लाइट गुणस्तरीय तथा टिकाउ भएको हुँदा पनि यसले इलेक्ट्रिक बजार ओगटेको  छ ।

    नेपालमा वर्षेनी ८० अर्ब रुपैयाँभन्दा बढीको इलेक्ट्रिक बत्तीहरुको कारोबार हुने गरेको छ ।

    चालु आर्थिक वर्षको पहिलो २ महिनामा नै १५ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरका २ अर्ब ३९ करोड ७८ लाख पिसभन्दा बढी बत्ती चीन, भारत र अन्य मुलुकहरुबाट आयात भएका छन् ।

    जसमा १५ करोड २० लाख ३७ हजार रुपैयाँका एलइडी लाइट र ४३ लाख १९ हजार रुपैयाँका अन्य लाइट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

    आयातित लाइटमा चीनबाट १३ करोड ८ लाख ५८ हजार रुपैयाँ बराबरका १ अर्ब ९७ करोड १९ लाख ९१ हजार थान, भारतबाट २ करोड ११ लाख ५१ हजार रुपैयाँ बराबरका ३१ करोड ३० लाख ६५ हजार पिस र अमेरिकाबाट २८ हजार रुपैयाँ बराबरको ७० पिस एलईडी लाइट आयात भएको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast