बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    तेस्रो मिनेटमा गोल गर्दै मेस्सीले बनाए नयाँ रेकर्ड, बार्सिलोनाको जित

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    एजेन्सी,  ७ कात्तिक  । 

    बुधबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले चेक क्लब साल्भिया परागलाई २–१ गोल अन्तरले पराजित गरेको छ। स्टार खेलाडी लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउँदा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको हो । 

    साल्भियाविरुद्ध खेलको तेस्रो मिनेटमा गोल गर्दै मेस्सी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा लगातार १५ सिजन गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले च्याम्पियन्स लिग सिजन सन् २००५–६ बाट २०१९–२० को सिजन सम्म हरेक सिजनमा गोल गरेका छन् । साथै मेस्सी ३३ फरक टिमविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन् । यसअघि राउल गोन्जालेज र क्रिस्टियानो रोनाल्डोले ३३ फरक टिमविरुद्ध गोल गरेका थिए ।

    साल्भियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेस्सीले एक गोल गरे । बार्सिलोनाले एक आत्मघाती गोल उपहार पाएको थियो । यता साल्भियाका लागि जान बोरीलले एक गोल फर्काएका थिए ।  

    खेलको तेस्रो मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । दोस्रो गोलका लागि भने बार्सिलोनालाई लामो समय कुर्न परेको थियो । यता साल्भियाका लागि खेलको ५० औँ मिनेटमा बोरीलले बरारी गोल फर्काए । बार्सिलोनाले खेलको ५७ औँ मिनेटमा आत्मघाती गोल उपहार पायो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast