आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    ‘इज अफ डुइंग बिजनेस’ सुचीमा नेपालले मार्यो ठूलो फड्को, दक्षिण एसियामै तेस्रो

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ७ कात्तिक 

    विश्व बैंकले जारी गर्ने ‘इज अफ डुइंग बिजनेस’ सुचिमा अघिल्लो वर्षको तुलनामा नेपालले १६ स्थानको ठूलो फड्को मारेको छ ।

    कारोबार सुरु गर्न कुन मुलुकमा कत्तिको सहज भन्ने देखाउन विश्व बैंकले सार्वजनिक गर्ने उक्त सूचीमा नेपालले अघिल्लो वर्षको तुलनामा १६ स्थानको छलाङ मारेको हो । 

    सन् २०१८ मा नेपाल ११०औं रहेको नेपाल  सन् २०१८ मे १ देखि सन् २०१९ मे १ सम्मको सर्वेक्षणका आधारमा विश्वका १९० मुलुकको सूचीमा नेपाल ९४औं स्थानमा पुगेको छ ।

    नेपाल यस अघि सन् २०१४ मा पनि ९४औं स्थानमा पुगेको थियो । त्यस्तै सन् २०१७ मा १०५ औं स्थानमा रहेको नेपाल २०१८ मा  ५ अंकले तल झरेर ११०औं स्थानमा रहेको थियो । 

    सन् २००९ मा १२३औं स्थानमा रहेको नेपालले १० वर्षको अवधिमा कारोबारको सुगमतालाई देखाउने इन्डेक्सको सुचिमा  ठूलो फड्को मारेको छ । उक्त सूचीको पहिलो स्थानमा न्युजील्यान्ड रहेको छ भने १९०औं स्थानमा सोमालिया रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast