शनिबार, मंसिर ७, २०७६
    ओएमजी Omg!

    बढी उमेरका पुरुषतर्फ कम उमेरका युवती किन हुन्छन् आकर्षित ?

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, कात्तिक ७ ।

    उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ ।

    तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ ।

    त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ । हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेमजालमा फसेका छन् ।

    किन युवतीहरु आफूभन्दा बढी उमेरका पुरुषको प्रेममा पर्छन् रु यस्ता छन् कारणहरुः

    सुरक्षाको भाव
    कैयौ पटक कम उमेरका युवतीहरु आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । यस्तो अक्सर त्यतिखेर हुन्छ जब कुनै युवती बचपन देखि नै एक्ली हुन्छन् । परिवारमा पिता वा भाई जस्ता पुरुषको संरक्षण नमिलेको कारण उनीहरुलाई अपमान वा दुव्र्यवहारको सामना गर्नुपरेको हुन्छ ।

    यस्ता युवतीहरु सजिलै आफूभन्दा धेरै उमेरका व्यक्तिसँग आफूलाई सुरक्षित महसुस गर्छन् । कैयौंपटक युवतीहरुको यो संकेतको र बाध्यताको फाइदा पुरुषले उठाएको पनि देखिन्छ ।

    परिस्थितीको कारण
    कार्यक्षेत्रको परिस्थितीले पनि कैयौं पटक यस्तो सम्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । कैयौं कार्यालयमा फिल्डवर्क हुन्छ । कामको क्रममा युवतीहरु कहिलेकाँही सिनियरहरुसँग कार्यालय बाहिर जानुपर्छ ।


    बाध्यता
    कैयौं पटक बाध्यताको कारण सँगै काम धेरै उमेरका सहकर्मीको नजिक आउनुपर्ने हुन्छ । यतिखेर मुख्य कारण बाध्यता हुन्छ सम्बन्धित पुरुषको उमेर होइन । आजभोली धेरै कार्यस्थलमा कामको चाप बढेको छ र समय कम हुन्छ ।

    आकर्षण र प्रेममा फरक छ
    आकर्षण त मात्रै आकर्षण हुन्छ र धेरै आकर्षण क्षणिक पनि हुन्छन् । टाढाबाट त हरेक चीज आकर्षक देखिन्छन् । त्यसको वास्तविकता त नजिक आएपछि नै थाहा हुन्छ ।

    केयौं पटक यहि आकर्षणले आकाशबाट सिधै धरातलमा ल्याउँछ । आकर्षण प्रेम, चाहना र जीवनभरको साथ सबै फरकफरक कुरा हुन् । आकर्षण र प्रेमलाई एकै सम्झिनु नै गलत हो ।

    कुनै राम्रो वस्तुलाई देखेर आकषिर्त हुनु एक सामान्य कुरा हो तर यो आकर्षणलाई जीवनभरको बोझ बनाउन आफ्नो खुट्टामा बन्चरो हान्नु जस्तै हुन सक्छ । किनभने हरेक चम्किलो चीज सुन हुँदैन ।

    स्वार्थ
    पुरुषहरुले आफ्नो स्वार्थको लागि पनि कैयौंपटक कम उमेरका युवतीहरुलाई आफ्नो मोहजालमा फसाउँछन् । युवतीहरुले सहकर्मी भएको नाताले मात्रै पनि पुरुषहरुसँग वार्तालाप गर्छन् भने काममा केही मद्धत माग्छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast