आईतवार, मंसिर १, २०७६
    आर्थिक खबर

    नेपालमा व्यवसाय गर्ने वातावरण सुधारियो : विश्व बैंक, शिर्ष स्थानमा न्यूजिल्याण्ड !

    बिहिवार, ७ कार्तिक २०७६, आहाखबर

    ७ कात्तिक, काठमाडौं । 

    नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण)मा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ ।

    रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ 

    राम्रो सुधार भएका देशहरुको टप १०मा साउदी अरेविया
    जोर्डन, टोगो, बहराइन, ताजिकिस्तान, पाकिस्तान, कुवेत, चीन, भारत, नाइजेरिया परेको छ ।

    अघिल्लो वर्ष ५ स्थानले नेपालको डुइङ विजनेश तल झरेको थियो । डुइङ विजनेश सुधार हुनुलाई व्यवसाय गर्न राम्रो वातावरण भएको मानिन्छ ।

    ९४ औं स्थानमा उक्लिएको नेपालले ६३.२ अंक पाएको छ । अघिल्लो वर्ष ५९.७ अंक रहेकोमा ३.५ प्रतिशतले सुधार भएको हो । नेपाल भन्दा छिमेकी मुलुक भारतले राम्रो सुधार गरेको छ ।

    भारत यस अघि १४२ औं स्थानमा रहेकोमा यस वर्ष सुधार भएर ६३ औं स्थानमा उक्लिएको छ । डुइङ विजनेश इनडेक्समा सबैभन्दा शिर्ष स्थानमा न्यूजिल्याण्ड देखिएको छ भने सबैभन्दा पुछारमा सोमालिया रहेको छ ।

    सबैभन्दा राम्रो सुधार गर्नेमा भने साउदी अरेविया देखिएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast