शनिबार, मंसिर ७, २०७६
    स्वास्थ्य

    के हो बोन अट्याक ? यसबाट कसरी बच्ने ?

    बुधबार, ६ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ६ कात्तिक

    तपाईलाई थाहा नभएको हुन सक्छ चोटपटक विना पनि हड्डी भाँच्चिने समस्या आउन सक्छ । यदी यस्तो समस्या छ भने तपाईलाई बोन अट्याक भएको हुनसक्छ ।

    बोन अट्याक भनेको ओस्टियोपोरोसिस भन्ने एक प्रकारको हड्डी मक्किने रोगका कारण चोट पटक नलाग्दा पनि आफै हड्डि भाँचिने समस्या हो । 

    बोन अट्याक भएका व्यक्तिको हिपको हड्डी भाँचिने समस्या हुन्छ । यसको उपचारका लागि टटिल प्रकारको शल्यक्रिया गरीन्छ । अपरेसन पछि पनि बोन अट्याक भएका बिरामीहरुमा प्रत्येक४ जनामध्ये एक जना बिरामीको एकवर्षभित्रमा मृत्यु हुने गरेको चिकित्सकहरु बताउँछन् । त्यसैले समयमै बोन अट्याकबाट बच्नु उपयुक्त हुन्छ ।

    बोन अट्याकबाट कसरी बच्ने ?

    – वृद्ध अवस्थाका व्यक्तिले लठ्ठीको सहारामा हिडडुल गर्ने,

    – हड्डी र मांसपेशीलाई बलियो बनाउन नियमित व्यायाम गर्ने,

    – क्याल्सियम तथा भिटामिन डी भएका खानेकुरा प्रशस्त खाने,

    – प्रत्येक दिन २० मिनेट घाममा बस्ने,

    – धुम्रपान र मदिराबाट टाढा रहने  ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast