शनिबार, कार्तिक ३०, २०७६
    राज्य-समाज

    पशुपति आर्यघाटमा आन्दोलन, शव जलाउन समस्या

    बुधबार, ६ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ६ कात्तिक

    पशुपतिस्थित घाट सेवा केन्द्रका कर्मचारी आन्दोलनमा उत्रेका छन् । विभिन्न मागहरू राखेर घाट सेवा केन्द्रका कर्मचारीले बुधबार बिहान ६ बजेदेखि शव जलाउने, दाउरा बोक्ने, खाडक खन्नेलगायत काम ठप्प पारेका हुन् । 

    माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन गरिएको सूचना कामदारले टाँसेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले आन्दोलनरत कर्मचारीसँग वार्ता चलिराखेको जानकारी दिए ।

    ‘अहिले हामी वार्तामै छौं,’ ढकालले  भने, ‘सहमति जुटाउने प्रयास भइराखेको छ ।’सेवा, सुविधालगायत विभिन्न माग राखेर आन्दोलन भइराखेको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast