शनिबार, कार्तिक ३०, २०७६
    राज्य-समाज

    राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फिर्ता !

    बुधबार, ६ कार्तिक २०७६, – विशेष प्रतिनिधि श्याम रिमाल.
    फाइल फोटो

    टोकियो, ६ कात्तिक :

    राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेशतर्फ प्रस्थान गर्नुभएको छ ।

    उहाँलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गर्नुभयो ।

    राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहनुभएको छ ।

      

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast