बिहिवार, कार्तिक २८, २०७६
    स्कुल-कलेज

    एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा हुदै

    बुधबार, ६ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, कार्तिक ६ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडीएमएसको प्रवेश परीक्षा यही कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई १ कात्तिकमा निर्देशन दिएपछि कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो ।


    न्याम्सलाई नयाँ शैक्षिकसत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी/एमएस/एमडीएमएस ११५ र डिएम/एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast