शुक्रबार, कार्तिक २९, २०७६
    राज्य-समाज

    सरकार किसानको सुखदुःखको साथी बन्छ : मुख्यमन्त्री पोखरेल

    मंगलवार, ५ कार्तिक २०७६, आहाखबर
    नेपालगञ्ज, ५ कात्तिक
     
    प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बाँकेका फौजी कीराबाट पीडित किसान क्षतिपूर्तिको मागसहित ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री पोखरेल आज नेपालगञ्ज आएको मौकाछोपी यहाँका किसानले फौजी कीराले धानबाली सखाप पारेकाले ज्ञापनपत्रमा क्षतिपूर्तिको माग गरेका छन् ।
     
    ज्ञापनपत्र बुभ्mदै मुख्यमन्त्री पोखरेलले क्षतिको विवरण सङ्कलन भइरहेको र प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । सरकार सधैँ कृषकको सुखदुःखको साथी भएको बताउदै उहाँले प्रक्रिया पूरा भएपछि पीडित किसानलाई सहयोग गर्ने बचन दिनुभयो । 
     
    दुई सातादेखि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनी, पुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्तीसोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा फौजी कीराको प्रकोप देखिएको छ । कृषि ज्ञानकेन्द्र बाँकेका कार्यालय प्रमुख सागर ढकालले कीराको प्रकोप देखिएको स्थानमा ९० प्रतिशतसम्म धानबाली नष्ट भएको बताउनुभयो । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर, तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले अझै सखाप बनाइरहेको ढकालको भनाइ छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast