शुक्रबार, कार्तिक २९, २०७६
    सावधान

    बाघको छालासहित दुई जना पक्राउ

    मंगलवार, ५ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ५ कात्तिक

    नेपाल प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोक नजिक सालकको खपटा र बाघको छालासहित नवराज न्यौपाने र केशव अर्याललाई आज पक्राउ गरेको हो । 

    वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले झोलामा बोकेर हिँडिरहेको अवस्थामा तीन फिट ११ इञ्च लम्बाइ भएको बाघको छालासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले एक किलो ४०० ग्राम सालकको खपटासमेत बरामद गरेको छ । दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast