बिहिवार, कार्तिक २८, २०७६
    कृषि-उर्जा

    चितवनमा प्रदेशस्तरीय कृषि तालीम केन्द्र स्थापना हुने

    मंगलवार, ५ कार्तिक २०७६, आहाखबर

    भरतपुर, ५ कात्तिक

    चितवनको राप्ती नगरपालिकामा प्रदेशस्तरीय कृषि तालीम केन्द्र स्थापना हुने भएको छ । केन्द्रको आज प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले शिलान्यास गर्नुभयो ।

    मन्त्री लामाले प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरी निर्माण हुन लागेको तालीम केन्द्रबाट किसानका समस्या समाधान गर्न मद्दत पुग्ने बताउनुभयो । रु १० करोड एक लाख ६३ हजारको लागतमा १४ महीनामा केन्द्र निर्माण गर्ने लक्ष्य रहेको मन्त्रालयका प्रवक्ता शरण पाण्डेले जानकारी दिनुभयो । तीन छुट्टाछुट्टै भवन निर्माण गरिने उहाँले बताउनुभयो । केन्द्र निर्माणको ठेक्का किरातेश्वर कन्सट्रक्सन एण्ड ड्रिलिङ कम्पनीलाई दिइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast