आईतवार, मंसिर १, २०७६
    खेल संसार

    बालोन डी’ओरको सूची सार्वजनिक : मोड्रिच र नेयमार परेनन्, यि हुन ३० खेलाडी !

    मंगलवार, ५ कार्तिक २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौँ, ५ कात्तिक ।

    फिफाले सोमबार राति सार्वजनिक गरेको बालोन डी’ओरको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।

    विश्व फुटबलको सर्वाधिक ठूलो अवार्ड बालोन डी’ओरमा  ३० जनाको प्रारम्भिक सूचीमा साविक विजेता लुका मोड्रिच र स्टार खेलाडी नेयमारले स्थान बनाउन असफल भएका छन् ।

    यता लिभरपुलका सात खेलाडीले प्रारम्भिक सूचीमा स्थान बनाएका छन् । च्याम्पियन्स लिगको साविक विजेता लिभरपुलका एलिसन बेकर, भर्जिल भान डायक, मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, जर्जिन्हो विजनाल्डम र ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड अवार्डको सूचीमा परेका छन् ।

    त्यस्तै बार्सिलोनाका चार खेलाडीले पनि अवार्डको सूचीमा स्थान बनाएका छन् । बार्सिलोनाका लियोनल मेस्सी, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगनले स्थान बनाएका हुन् ।

    प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीका ५ खेलाडी सूचीमा छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुइन, बर्नाल्डो सिल्भा र सर्जियो अग्युरो सूचीमा छन् । यता स्पेनिस क्लब रियल मड्रिडका इडेन हजार्ड र करिम बेन्जिमाले पनि अवार्डको सूचीमा स्थान बनाउन सफल भएका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast