शनिबार, कार्तिक ३०, २०७६
    राज्य-समाज

    नेतृत्व तहमा महिलाको सहभागितामा वृद्धिः मन्त्री थापा

    सोमबार, ४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ४ कात्तिक

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गर्नुभएको छ । 

    लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले आज यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विगतमा राजनीति गर्ने महिलाले गरेको मेहनत र बगाएको पसिनाका कारण आज राजनीतिक आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा महिलाको नेतृत्वमा वृद्धि भएको छ ।” 

    मन्त्री थापाले सामाजिक समस्या निराकरणका लागि प्रभावकारी भूमिका निर्वाह गरेर भोलिका नेतृत्वका लागि तयार हुन किशोरीहरुलाई आग्रह गर्दै लैङ्गिक समस्या समाधानका लागि किशोरीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

    किशोरी सञ्जालकी अध्यक्ष महिलाहरु घरको काममा मात्र सीमित नभएर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्छ भन्नुभयो । 

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा मनाउन लागेको हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast