मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    छवि र शिल्पा प्रहरीको खोजी लिस्टमा, दुवैजना फरार !

    सोमबार, ४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ४ कात्तिक

    निर्माता तथा निर्देशक छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल अझै फरार छन् । प्रहरी उनीहरुको खोजीमा छ । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी गरिरहेको हो । 

    उनीहरु अहिले फरार छन् । मिडियाबाट लुकेर हिँडिरहेका छवि र शिल्पा दुवै जनालाई प्रहरीबाट खोजी कार्य जारी छ ।

    शिल्पाले भुमिगत रुपमा अभिनयको लागि चलचित्रहरु खोजी गरिरहेकी छिन् । छविको बारेमा भने कसैलाई केही अत्तोपत्तो छैन । केही महिना अगाडि छविकी पहिलो पत्नी हिमा ओझाले उनीहरु दुवै जनालाई बहुविवाहको उजुरी हालेकी थिइन् । 

    त्यो भन्दा अगाडि शिल्पाले श्रीमान छविबाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर प्रहरीमा उजुरी दिएकी थिइन् । यही विवादको क्रममा हिमाले पनि छवि र शिल्पालाई सम्बन्ध विछोड नै नगरी विवाह गरेको भनेर बहुविवाहको उजुरी दिएकी हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast