शुक्रबार, कार्तिक २९, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओलीले गरे नागढुंगा-सिस्नेखोला सुरूङमार्गको शिलान्यास

    सोमबार, ४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ४ कात्तिक 

    सोमबार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ टोटीटोलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा-सिस्नेखोला सुरूङमार्गको शिलान्यास गरेका छन् ।

    धादिङको सिस्नेखोलाबाट सुरू हुने सुरूङमार्ग टोटीटोलमा आइपुग्छ । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर सुरूङमार्ग बन्न लागेको हो ।

    आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापानीज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको छ । ४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी काम सुरू गरिने उनले बताए । 

    जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बन्न लागेको हो । यो सुरूङमार्ग बनेपछि मोटर गुड्ने पहिलो सुरूङमार्ग बन्ने पनि उनले बताए। शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको  उपस्थित छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast