शुक्रबार, कार्तिक २९, २०७६
    आर्थिक खबर

    'तिहारै आयो लौ झिलिमिली', ६० करोडको चम्किला बत्ती आयात गरिँदै

    सोमबार, ४ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, ४ कात्तिक । 

    झिलिमिली बत्ती तिहारमा उच्च खपत हुने भएता पनि  नेपालमा उत्पादन हुँदैन । यो पर्वमा विभिन्न प्रकारका झिलमिली बत्तीहरुको ब्यापार फस्टाउँछ । लोडसेडिङ हटेपछि त झन् शहरका हरेकजसो घरमा झिलिमिली बत्तीले तिहारलाई स्वागत गर्ने गरिएको छ ।

    झिलिमिली बत्तीको आयातमा नेपालबाट करोडौं रकम विदेसिन्छ । स्रोतका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिँदैछ ।

    बजारमा यस्ता बत्तीको माग सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने गरिन्छ । सडकपेटीमै पनि झिलीमिली बत्ती बेच्नेहरु भेटिन्छन् ।

    यी बत्ती नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी रकममा खरिदबिक्री हुन्छ । यसमा उपभोक्ताले गर्ने बिजुलीको महसुुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग सामान्य भन्दा दोब्बर हुने गरेको छ ।

    तिहारका लागि भारत र चीनबाट धेरै बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाट आयात हुन्छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast