आईतवार, मंसिर १, २०७६
    यातायात

    चर्को आवाजमा मोटरसाईकल हुइँक्याउनेलाई जरिवाना कति ?

    सोमबार, ४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ४ कात्तिक 

    ठूलो आवाजमा मोटरसाइकल हुँइक्याउनेहरुलाई ट्राफिक प्रहरीले अधिकतम दण्ड जरिवाना गर्ने चेतावनी दिएको छ । 

    ट्राफिक प्रहरी महाशाखाले आइतबार एक सूचना प्रकासित गरी मोटरसाइकलहरू ध्वनी प्रदुषण हुने गरि शहरमा कोलाहल मच्चाउँदै ठूला आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउने र ‘जिगज्याग’ रूपमा चलाउने कार्यहरू कानुन विपरित भएको स्मरण गराएको छ । 

    ध्वनी प्रदुषण गर्ने माेटरसकाइकललाई माेटर माेडिफाइ अन्तर्गत तीन हजार रुपैयाँ जरिवाना गर्ने जनाएकाे छ ।‘यदि गरेको पाईएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिवाना गरिने’ सूचनामा उल्लेख छ 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast