शनिबार, मंसिर ७, २०७६
    धर्म-संस्कृति

    दिपावलीमा महालक्ष्मीको साथमा गणेश र सरस्वतीको पूजा किन गरिन्छ ?

    सोमबार, ४ कार्तिक २०७६, आहा खबर डेस्क .

    काठमाडौँ, ४ कात्तिक

    सबैजसो साल कार्तिक महिनाको आमावस्या तिथिमा दीपहरुको पर्व दिपावली मनाइने गर्छ । त्यस दिन देवी लक्ष्मीको साथमा गणेश तथा माता सरस्वतीको समेत विशेष पूजा हुने गर्छ । यदी ध्यान पूर्वक हेरियो भने लक्ष्मीको चित्रको साथमा सरस्वती र गणपति समेत हुने गर्छन् । त्यस फेटोमा पनि केही सन्देश लुकेको हुने गर्छ । 

    यस्तो छ ज्योतिषाचार्य तर्क

    धनकी देवी लक्ष्मीमाताको तस्वीरमा सरस्वती तथा गणपति देखिने गर्छ । जुन चित्रको भित्री रहस्य यो हो की  यदी हामी आफ्नो जीवनमा लक्ष्मीको कृपा पाउन चाहन्छौं भने हामीले ज्ञान तथा बुद्धिको काम गर्न आवश्यक छ । तसर्थ यदी हामी ज्ञान र बुद्धिको अनुसार काम गर्दछौं भने त्यसबाट लक्ष्मी माता प्रशन्न भएर हामीलाई मनग्य धन प्राप्त हुन सक्दछ ।  

    त्यस्तै हामीलाई धन प्राप्त भएको अवस्थामा त्यसको सही हिफजत गर्न पनि उत्तिकै जरुरी छ । जसलाई बुद्धिको उपयोग गदै सही ठाउँमा लगानी गर्न पनि उत्तिकै जरुरी छ । तसर्थ दीपावलीको अवसरमा  सो तस्वीरको पूजा गर्ने परम्परा रहेको छ । अतः लक्ष्मीमाताको प्रार्थना गर्दा आफ्नो 

    घरमा उनलाई विराजमान हुन र साथमा विद्या तथा बुद्धि समेत ल्याउन आब्हान गर्न सकिन्छ ।
    स्मरण रहोस् की यी तिनै कुराको सही उपयोगबाट मात्र हामीलाई जीवनमा सबै प्रकारको सुख प्राप्त हुन्छ । 

     

    एजेन्सीहरुको सहयोगमा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast