शुक्रबार, मंसिर ६, २०७६
    लाइफस्टाइल

    मौसम पूर्वानुमान महाशाखा : वर्षासँगै हिमपातको सम्भावना

    सोमबार, ४ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ४ कात्तिक

    पश्चिमी भेगका केही स्थानमा आज (सोमबार) बिहानी पखको मौसम सामान्यतया सफा रहे पनि बाँकी भागमा भने बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस्तै देशको मध्य तथा पूर्वी भूभागमा दिउँसो सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    मौसमविदका अनुसार मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदको भनाई छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast