मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    लेडी गागाले संस्कृत श्लोक ट्वीट गरेपछि सामाजिक सञ्जालमा तहल्का

    आईतवार, ३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ३ कात्तिक

    अमेरिकन गायिका तथा हलिउड अभिनेत्री लेडी गागाले संस्कृतमा ट्वीट गरेकी छिन् । उनले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा छाएकी छिन् ।

    ‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ गागाले लेखेकी छिन् ।

    यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् ।

    उनको ट्वीटपछि यो श्लोक सामाजिक सञ्जालमा भाइरल भएको छ । स्टार गायिकाको ट्वीट पढेर पूर्वीय दर्शन मान्नेहरु पनि खुशी भएका छन् । नबुझ्नेले पनि यसको सन्देश बुझ्न खोजिरहेका छन् ।

    ट्वीटलाई रिट्वीट गर्ने र प्रतिक्रिया जनाउनेको सङ्ख्या बढ्दो छ । लेडीको ट्वीटसँगै भारतीय र नेपाली फ्यान थप खुशी भएका छन् । किनभने संस्कृत भाषा पूर्वीय सभ्यताको जननी भाषा मानिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast