मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    ‘सक्किगोनी’ टिम विरुद्ध मिडिया हबको उजुरी !

    आईतवार, ३ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, ३ कात्तिक । 

    हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को क्यारेक्टर कपिराइटको बिषयलाई लिएर मिडिया हबले उजुर गरेको छ । 

    मिडिया हबले उत्पादन गरेका टेलिश्रृंखला ‘भद्रगोल’ को क्यारेक्टर अर्को श्रृंखलामा आउँन थालेपछि भद्रगोलको भविष्य जोगाउँन उनीहरुले उजुरी गरेको बताइएको छ । जिग्री, पाँडे, बले, कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबले उत्पादन गरेको हो । मिडिया हबसँग कुरा नमिलेपछि सोहि टिमले अहिले सक्किगोनी प्रशारणमा ल्याएको छ ।

    मिडिया हबको उजुरीपछि छलफलका लागि प्रहरीले अर्जुन घिमिरे 'पाँडे' र कुमार कट्टेल 'जिग्री'को समूहलाई महानगरीय प्रहरी परिसर टेकुबाटमा बोलाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast