शुक्रबार, मंसिर ६, २०७६
    लाइफस्टाइल

    जति सक्रिय मष्तिस्क, उति छोटो आयु ! कसरी बन्छ मस्तिष्क ?

    आईतवार, ३ कार्तिक २०७६, आहाखबर

    काठमाडौं ३ कात्तिक ।

    अनुसन्धाताहरुले मस्तिष्कको विनिर्माण प्रक्रियाबारे आधारभूत तथ्यहरु पत्ता लगाएका छन् ।

    मानिसको आयु कति हुन्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक पर्छ । आयु निर्धारण गर्ने विभिन्न पक्षहरु छन् । वंशाणुगत गुण, वातावरण, जीवनशैली आदी पर्छन् ।

    नेचर जर्नलमा प्रकाशित भएको नयाँ अध्ययन प्रतिवेदन अनुसार व्यक्तिको मष्तिस्कको सक्रियताले आयुमा सीधा प्रभाव पार्छ । मष्तिस्कको सक्रियता र आयुबीच नकारात्मक सम्बन्ध रहेको पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

    अर्थात मष्तिस्क बढी सक्रिय रहने वा मष्तिस्कलाई बढी क्रियाशील बनाउने व्यक्तिको आयु तुलनामाक रुपमा कम हुने पाइएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन्।

    मष्तिस्कको सक्रियता र आयुका सम्बन्धमा भएको अनुसन्धानको यो प्रारम्भिक निष्कर्ष हो । यसलाई थप स्थापित गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकले बताएका छन् ।

    तर औषधिको प्रयोग तथा व्यवहारगत परिवर्तनले सकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ । मेडिटेसन, मष्तिस्कका गतिविधिमा सीमिततासहितका प्रयासले व्यक्तिको आयुलाई लामो बनाउन सकिने उल्लेख छ । अर्थात बुढ्यौलीको प्रभावपछि धकेल्न सकिने अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

    नर्भस सिस्टमको क्रियाकलाप र लन्जिभिटीबीचको सम्बन्ध पूर्ण रुपमा नयाँ भने होइन । मष्तिस्कको सक्रियतालाई नियन्त्रण गर्ने प्रक्रियाको सम्बन्ध मेटाबोलिजम नियन्त्रण गर्ने प्रक्रियासँग निजकबाट सम्बन्धित छ । मेटाबोलिजमको सम्बन्ध आयुसँग हुन्छ ।

    हावर्ड मेडिकल स्कूलका जेनेटिक तथा न्यूरोलोजीका प्राध्यापक डा. ब्रुस यांकनरका अनुसार मष्तिस्कको कम सक्रियता लामो आयुसँग नजिक देखिएपछि त्यसमा असन्तुष्ट हुन नसकेपछि अनुसन्धान थालिएको हो । किनकी मष्तिस्कको सक्रियाको सम्बन्ध स्वस्थ जीवनसँग रहेको ठानिन्छ ।


    कसरी बन्छ मस्तिष्क ?

    ब्रेन अर्थात् मस्तिष्कको विकास प्रक्रियाको अवस्था जस्तै अटिज्म अर्थात् स्वध्यानकेन्द्रित मानसिक अवस्था र एपिलेप्सी अर्थात् मूच्र्छित क्रियाबारे बुझ्ने आधारहरु खडा भएको मानिएको छ ।

    उक्त अध्ययन वेलकम ट्रष्टको सहयोगमा नेचर भन्ने पत्रिकामा प्रकाशित भएको छ । यो अध्ययनले विभिन्न खाले जीवहरु र तिनको भिन्नाभिन्नै मस्तिष्कको आकारमा मस्तिष्कका फरक फरक कोषहरुले कसरी सन्तुलन मिलाउँछन् भन्ने विकासवादी रहस्यहरुको उत्तर दिन्छ ।

    द सेरेब्रल कोर्टेक्स अर्थात् मस्तिष्कसम्बन्धी छाला मानवीय मस्तिष्कको सबैभन्दा ठूलो क्षेत्र हो भने यो नै हाम्रो सिकाइ, स्मरणशक्ति र भावी दिनमा काम गर्ने उच्चस्तरीय क्षमताको योजना निर्माणमा जिम्मेवार हुन्छ । सेरेब्रल कोर्टेक्सले मुख्यतया दुई किसिमका मस्तिष्कका कोषहरुलाई समावेश गर्दछ । ती भनेका १) एक्साइटेटरी र २) इन्हिबिटरी न्युरोन हुन्, जसलाई सामान्यतया ‘गो’ र ‘नो गो’ न्युरोनका रुपमा परिभाषित गर्न सकिन्छ ।

    एक्साइटेटरी ‘गो’ न्युरोन्सले सूचना प्रक्रियाको काम गर्नुका साथै अन्य न्युरोन्सलाई के गर्ने भन्ने आदेश गर्छ भने इन्हिबिटरी ‘नो गो’ न्युरोन्सले एक्साइटेटरी न्युरोन्सको गतिविधिमा कडाइ गर्छ । जसका कारण तिनीहरु एकैसाथ अघि बढ्न सक्दैनन् । एकदमै धेरै ‘गो’ले न्युरोनहरुको ‘ओभर–फाइरिङ’ गराउँछ, जुन एपिलेप्सीमा देखिएको छ । जबकि धेरै ‘नो गो’ले भने संज्ञानात्मक समस्याहरुको सृजना गर्छ ।

    अनुसन्धाताहरुले ‘गो’ र ‘नो गो’ न्युरोनहरुमा कसरी सन्तुलन कायम रहेको हुन्छ भन्ने तथ्य पत्ता लगाएका छन् । यो उनीहरुले हुर्किँदै गरेको मुसाको मस्तिष्कको विकास प्रक्रियाको अध्ययनका क्रममा पत्ता लगाएका हुन् । नयाँ तथ्यअनुसार सबै स्तनपायी जीवहरुको मस्तिष्कमा उक्त दुवै प्रकारका कोषीय संरचना पाइएकाले मानवमस्तिष्कबारे पनि यही तथ्य लागू हुनसक्ने बताइएको छ । इन्स्टिच्युट अफ साइकियाट्री, साइकोलजी एण्ड न्युरोसाइन्सस्थित सेन्टर फर डेभलोपमेन्टल न्युरोबायोलजीका वरिष्ठा प्राध्यापक ओस्कार मारिनका अनुसार प्रकृतिका धेरै आधारभूत कुराहरुबारे आफूहरुले पत्ता लगाएका तथ्यहरु सुन्दर र एकदमै महत्वपूर्ण रहेका छन् ।

    यो अध्ययनले मस्तिष्क कसरी बन्यो भन्ने कुराहरुबीचको दूरी पनि छोट्याउने उनको दाबी छ । साथै यसले उक्त दुई कोषीय सन्तुलनबारे समेत व्याख्या गरेको उनको भनाइ छ । त्यसको साथै यी जीवहरुको विकास प्रक्रियासँगै तिनीहरुको मस्तिष्कको परिवर्तित अवस्थाबारे पनि बुझाउने कोशिस गरेको छ । तर सोही प्रक्रियालाई मानवीय मस्तिष्कको विस्तारमा समायोजन गर्न भने यो निकै गम्भीर हुने सम्भावना पनि छ ।

    मुख्य गरी भ्रूणीय विकासको अवस्थामा मस्तिष्कका कोषहरुलाई मुसामा समाहित गर्ने क्रममा अनुसन्धाताहरुले एकपटक ‘गो’ न्युरोन राखेपछि धेरै ‘नो गो’ न्युरोनहरु राखेर हेरेका थिए । उक्त इन्स्टिच्युटकै सहलेखक डा. किंगा बर्सेनीले भने, ‘यदि हामी वार्तालापको क्रममा मस्तिष्कको कल्पना गर्छौँ भने कुरा गर्दा न्युरोनहरु एकआपसमा अन्तर्सम्बन्धित हुनैपर्छ । जन्मिएको पहिलो दुई हप्तामा ‘नो गो’ न्युरोनहरुले यदि एक्लो छन् भने थाहा पाउने र तिनीहरुले ‘गो’ न्युरोनहरुसँग सम्बन्धित हुन नसके मर्नेसम्मको अवस्था हुन्छ ।’

    अनुसन्धाताहरुले अध्ययनका क्रममा ‘गो’ न्युरोनहरुले ‘नो गो’ न्युरोनहरुलाई मृत्यु हुनबाट बचाउन पीटीईएन नामक प्रोटिनको कार्यलाई रोकेर सहयोग गर्ने गरेका समेत पत्ता लगाएका छन् । उक्त प्रोटीनका लागि जिन कोडिङमा म्युटेसनहरु अटिज्मसँग बलियो गरी अन्तर्सम्बन्धित रहेका हुन्छन् । यसको मतलब जब पीटीईएनले राम्ररी र पर्याप्त काम गर्न सक्दैन, ‘नो गो’ न्युरोनहरु मर्छन् । यसो हुँदा केही आफ्नै संसारमा रमाउने प्रकृतिका मानिसहरुको सूचना प्रक्रियामा समस्या सृजना हुने गर्छ ।

    त्यस्तै सोही इन्स्टिच्युटका अर्का लेखक डा. फोंग कुआन वोंगका अनुसार शारीरिक प्रक्रिया पनि मस्तिष्क निर्माण र विकासमा आधारभूत रुपमा आउने गर्छ । उनले भने, ‘हामीले पत्ता लगाएका तथ्यहरुले के सुझाव दिन्छ भने यो प्रक्रियाको अवरोधहरुले न्युरोडेभलपमेन्टल डिसअर्डरमा आधारभूत भूमिका खेलेको हुन्छ । साथै कसरी सेरेब्रल कोर्टेक्समा कोषीय प्रकारहरुको सन्तुलनमा अवरोध हुन्छ भन्ने थाहा भएको अवस्था जस्तै अटिज्म र एपिलेप्सी,ले भने नयाँ खाले उपचारतिर डो¥याउन पनि सक्छ ।’

     

    (एजेन्सीको सहयोगमा)

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast