बिहिवार, कार्तिक २८, २०७६
    स्वास्थ्य

    तातो चियाले बढाउँछ क्यान्सर हुने सम्भावना

    आईतवार, ३ कार्तिक २०७६, आहाखबर
    काठमाडौँ, ३ कात्तिक
     
    पछिल्लो समय गरिएको एक अध्ययनले चियाका पारखीहरु सचेत हुनु पर्ने एउटा निष्कर्ष निकालेको छ । त्यो हो– जो तातो चिया पिउँछन्, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशतले बढी हुन्छ । झन् जो मानिसहरु ७५ डिग्री सेल्सियस तापक्रमको चिया पिउँछन्, उनीहरुमा यस्तो सम्भावना दुई गुणा बढी हुन्छ ।
     
    अमेरिकाको क्यान्सर सोसाइटीले गरेको अनुसन्धानअनुसार कपमा चिया राखेको चार मिनेटपछि मात्र पिउने हो भने पनि खाद्यनलीको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । यो अध्ययनका लागि ५० हजार मानिसहरु सामेल गरिएको थियो । 
     
    उनीहरुको उमेर ४० देखि ७५ वर्षसम्मको थियो । यसमा के पाइयो भने जो दैनिक तातो चिया पिउँथे, उनीहरुमा क्यान्सर हुने सम्भावना ९० प्रतिशत बढी भेटिएको थियो ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast