मंगलवार, कार्तिक २६, २०७६
    लाइफस्टाइल

    मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई धेरै असर

    शनिबार, २ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, २ कात्तिक । 

    के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ । यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ ।

    तर तपाईको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपाईको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ ।

    सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ मार्फत् सार्वजनिक भएको हो ।

    अध्ययनका लेखक तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको जानकारी दिनुभयो ।

    मादक पदार्थ थोरै थोरै नियमित सेवन गर्नेभन्दा कहिले कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनबाट थाहा भएको उहाँले बताउनुभयो ।

    उहाँले अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी सृजना गर्ने गरेको पनि बताउनुभयो । उहाँका अनुसार अनियमितताले मुटुको धडकन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँ स्याँ हुने, धेरै थकाई लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या उनीहरूमा देखिने गरेको छ ।

    मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दावीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ ।

    अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९ सय ५६ जनालाई सहभागी गराइएको जानकारी दिएका छन् । सन् २००९ देखि सुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो । 

    लतहरु हटाउने विषयका सम्बन्धमा अनुसन्धानकर्ताहरुले मादक पदार्थ सेवनलार्इ घटाउन नियमहरुको निर्माणमा नै जोड दिएका छन्। मादक पदार्थमा बढी कर लगाउने, मादक पदार्थको बिक्रि वितरणमा कडाइ गर्ने, समय निर्धारण गर्ने, मादक पदार्थसँग सम्बन्धित विज्ञापनलार्इ निरुत्सिहित गर्ने जस्ता नियमहरुले लत हटाउन भूमिका खेल्ने उनीहरु बताउँछन्।

     

    [एजेन्सीको सहयोगमा]

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast