आईतवार, मंसिर १, २०७६
    यातायात

    नौबिसे-नागढुंगा सडकखण्डमा एकतर्फी यातायात सञ्चालन !

    शनिबार, २ कार्तिक २०७६, आहाखबर

    २ कात्तिक, काठमाडौं । 

    नौबिसे-नागढुंगा सडकखण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले  यातायातका साधन एकतर्फी सञ्चालन गरिएको छ ।

    धादिङको धुनिवेशी नगरपालिका ९ पिपलामोडभन्दा तल भूत घर, याक घर र टायल घर सडक खण्डमा कालोपत्रे गर्ने काम भइरहेकाले एकतर्फी गाडी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी सडक चलाइने प्रहरीको भनाइ छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast