शुक्रबार, कार्तिक २९, २०७६
    बिदेश

    सिक्रेट डील : चीनले के गर्यो त्यस्तो जसले मच्चायो संसारभर हंगामा !

    शनिबार, २ कार्तिक २०७६, बिदेश ब्यूरो, आहा खबर.

    बेइजिंग, २ कार्तिक । 

    विश्वभर आफ्नो प्रभाव जमाउँदै गइरहेको चीन अहिले सबैको ध्यान खिच्न सफल छ । विशेष गरी अहिलेका चिनियाँ सर्वोच्च नेता (प्रेसिडेण्ट) सी जिनफिंग थप शक्तिशाली बन्दै गइरहेका छन् भने उनको देश चीन पनि आर्थिक तथा सामरिक क्षेत्रमा थप मजबुत बन्दै गएको प्रष्ट देख्न सकिन्छ । 

    यस्तो अवस्थामा चीनले अहिले सोलोमनसँग गरेको गोप्य सम्झौता अर्थात् सीक्रेट डीलका कारण त्यो विश्वभर चर्चाको विषय बन्न थालेको छ । 


    यस्तो छ सिक्रेट डील

    प्राप्त जानकारीका अनुशार महाशक्ति बन्दै गरेको चीनले सोलोमनको तुलागी टापु ७५ वर्षका लागि लीजमा लिने गोप्य डील सम्पन्न गरेको छ । 

    कुनै बेला बेलायतको अधिनमा रहेको तथा रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिने यस टापुमा चीनको प्रत्यक्ष प्रभाव पर्ने देखिएसँगै अमेरिका लगायतका विश्वका शक्तिशाली देशमा अहिले हंगामा नै मच्चिएको हो । 

    यद्यपी चीनले भने उक्त रणनीतिक तथा महत्वकांक्षी डील का बारे कुनै आधिकारीक जानकारी गराइसकेको छैन । 

     

    यस्तो छ तुलागी टापुको कथा

    सोलोमन अन्र्तगतको तुलागी टाप यसअछि नै बेलायत तथा जापानको दक्षिण प्रशांतको हेडक्वाटर रहिसकेको छ । दोश्रो विश्वयुद्धका बेला यस तुलागी टापुलाई सैन्य हिसाबले समेत निकै सुरक्षित स्थान मानिने गथ्र्यो । 

    अब गज्जबको कुरा त के भने सामरिक तथा रणनीतिक हिसाबले विश्वकै महत्वपूर्ण टापु अब चीनको कब्जामा हुनेछ भने चीनको शक्ति पनि यसअघिको भन्दा बढ्नेमा कुनै शंका रहने छैन । चीन थप शक्तिशाली बन्नेछ । 

     

    यसो भन्छ रिपोर्ट

    यस विषयमा गत महिना न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुशार चीन र सोलोमनको प्रान्तिय सरकारकाबीचमा एउटा गोप्य सम्झौता सम्पन्न भएको थियो । 

    त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टी निकट एक नीजि कम्पनीले अहिले त्यस क्षेत्रमा विकास कार्य अघि बढाउनका लागि अधिकार समेत खरीद गरिसकेको छ । 

     

    अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुको सहयोगमा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast