मंगलवार, कार्तिक २६, २०७६
    लाइफस्टाइल

    के घरमा बँचेको खानालाई फेरी तताएर खानु उचित हो ? के भन्छन् विज्ञहरु ?

    शनिबार, २ कार्तिक २०७६, आहाखबर

    आहाखबर, २ कार्तिक । 

    हामी सबैको घरमा खाना त सधैं पाक्छ तर त्यो खाना एकैपटकमा खाएर सकिन्छ त ? कुनै दिन त त्यो सकिएला तर सधै त्यसो नहुन पनि सक्छ । यस्तो अवस्थामा प्रायः जसो मानिस भने त्यसलाई केही समय पछि वा भोलीपल्ट तताएर खाने गर्छन् । 

    कतिपय अवस्थामा नयाँ खाना बनाउने समय नभएपछि पनि मानिसहरु अघिल्लो दिनको खानालाई तताएर फेरि प्रयोग गर्छन् । 


    यसो भन्छन् विज्ञहरु : 

    एक पटक फ्याँकिसकेको खानालाई फेरि तताएर प्रयोग गर्नु उतिसाह्रो उचित नहुने विज्ञहरु बताउँछन् । त्यसप्रकारको खानालाई फेरि तताउँदा त्यसमा भएका बिभिन्न तत्व अर्थान् केमिकलहरु परिवर्तन हुने भएकाले सधै त्यसो गर्नुबाट बच्नुपर्छ । 

    अझ कतिपय विज्ञहरुको रायलाई मान्ने हो भने त त्यसरी फेरि तताइएको खाना खानाले त्यसबाट फूड प्वाइजनिंग समेत हुन सक्छ । 


    खाना तताइसकेपछि के हुन्छ ?

    यो कुरा सबैलाई थाहा भएकै हो की खानामा प्रशश्त मात्रामा सही व्याक्टेरियाहरु पाइने गर्छन् । तसर्थ एकपटक पाकिसकेको खानालाई फेरि तताउँदा त्यसबाट फूड प्वाइजनिंग हुने सम्भावना समेत बढेर जान्छ । उदाहरणका लागि चामलमा जीवाणुको विजाणु रहेको हुन्छ भने त्यो पाकेर भात बनिसक्दासमेत पनि जिवित नै रहन्छ । 

    चामल पाकेर भात भैसकेपश्चात विस्तारै त्यसमा तापक्रम समेत घट्दै जाँदा खानामा रहेको विजाणु ब्याक्टेरियामा परिणत हुन थाल्छ । यस्तो अवस्थामा एकपटक पाकिसकेको खानालाई फेरि तताउँदा उक्त व्याक्टेरिया टक्सिकमा परिणत हुन थाल्छ भने जसले मानिसको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्छ । 


    यी चीजहरुलाई फेरि कहिल्यै नतताउनुस्

    विशेषज्ञहरुका अनुशार बिभिन्न खाद्य पदार्थ मध्य विशेष गरी आलु, चिकेन, चामल, मशरूम, अण्डा, धनियाँ तथा चुकन्दर आदीलाई कहिल्यै पनि फेरि तताएर खानु अनुकुल मानिदैन । 

    त्यस्तै, पालक, धनियाँ जस्ता हरिया सागसब्जीमा आइरन तथा नाइट्रेट्स भरपूर मात्रामा पाइन्छ । जब हामी यी नाइट्रेट्सहरुलाई फेरि तताउनाले फेरि नाइट्राइटमा परिवर्तन हुने भएकाले त्यो खाना उचित मानिदैन । तसर्थ यस्ता खाद्यान्नहरुलाई सकेसम्म फेरि तताएर कहिल्यै नखाऔं ।  


    उपाय के छ ? 

    हरेक समस्यामा उपाय त भैहाल्छ । तसर्थ आजैदेखि आफ्नो परिवारले वा आफूले एकैपटकमा खाइसक्ने खाना मात्र पकाउन थालौं । खाना बढी पकाएर फालिनुभन्दा वा त्यसलाई फेरि तताएर खानुभन्दा बरु केही कम नै भए पनि अवश्य फरक पर्नेछैन ।  

    एजेन्सीहरुको सहयोगमा

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast