बिहिवार, कार्तिक २८, २०७६
    मुभी-थिएटर

    बलिउड

    ‘द स्काई इज पिंक’ बाट पनि प्रियंकाले दर्शकको मन जित्न सकिनन् ...

    शुक्रबार, १ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १ कात्तिक

    बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘द स्काई इज पिंक’ फिल्मबाट कमब्याक गरेकी थिइन् ।  

    यस फिल्मबाट उनले धेरै आशा गरे पनि फिल्मले भने दर्शकको मन जित्न नसकेको समाचार छ । 

    फरहान अख्तरको समेत मुख्य अभिनय रहेको ‘द स्काई इज पिंक’ शुक्रवारबाट प्रदर्शनमा आएको हो ।

    सन् २०१६ मा प्रदर्शनमा आएको ‘दिल धड्कने दो’ पछि यसै फिल्ममार्फत बलिउडमा कमब्याक गरेकी प्रियंकाको फिल्मले प्रदर्शनको पहिलो दिन मात्र साढे ४ करोडको व्यापार गरेको छ । भारतीय फिल्म बजारमा प्रियंका र फरहानको अनस्क्रिन टिमअपमा अएलेखित व्यापार आँकडा निकै कम मानिएको छ । 

    सोनाली बोसको निर्देशन रहेको फिल्ममा जायरा बसिम, रोहित सर्राफलगायतको मुख्य अभिनय रहेको छ । फिल्म मोटिभेसनल स्पिकर आयशा चौधरीको जीवनकथामा आधारित छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast