बुधबार, कार्तिक २७, २०७६
    खेल संसार

    भैरहवा क्विन्स प्रालीको आयोजनामा प्रो कर्पोरेट क्रिकेट हुने

    शुक्रबार, १ कार्तिक २०७६, आहाखबर
    काठमाडौँ, १ कात्तिक
     
    राइनो स्पोर्टसको व्यवस्थापन एवं भैरहवा क्विन्स प्रालीको आयोजनामा प्रो कर्पोरेट लिग क्रिकेट हुने भएको छ । 
     
    यही कात्तिक ३ देखि ९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको खेल मूलपानी र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक विजय घिमिरेले जानकारी दिनुभयो । 
     
    त्यस्तै प्रतियोगिताको लिग चरणको खेलहरु मूलपानी मैदानमा हुनेछ भने सेमिफाइन र फाइनल खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा वल्र्डलिङक, नयाँ पत्रिका, क्रिकेट हिमालयन, एप्पोन र रिलायबल लाइफ इन्सुरेन्स गरी पाँच टोलीले भाग लिनेछन् । प्रतियोगिताको विजेता टोलीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्लेयर अफ द सिरिजले ट्रफीसहित ३२ इन्चको एलइडी टिभी, एक वर्षको लागि वल्र्डलिङको नेट टिभी र इन्टरनेट कनेक्सन निःशुल्क प्राप्त गर्ने आयोजकले जनाएको छ ।
     
    त्यसैगरी उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेट किपरले ट्रफी र प्रमाणपत्रसहित ६ महीनाको लागि वल्र्डलिङको निशुल्क इन्टरनेट कनेक्सन प्राप्त गर्नेछन् ।
     
    उक्त प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न आउने समर्थकबाट उठाइएको रकम धुर्मस सुन्तली फाउन्डेशनमार्फत चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निमार्णको लागि दिइने आयोजकले जनाएको छ ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast