शुक्रबार, मंसिर ६, २०७६
    अध्यात्म चर्चा

    पैतालाको रेखाबाटै थाहा पाउनुहोस् आफ्नो भाग्य

    शुक्रबार, १ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १ कात्तिक 

    ज्योतिषहरुका अनुसार हातमा भविष्य बताउने रेखाहरु हुन्छन् । यति मात्र होइन, शरीरका विभिन्न भागका चिन्ह, बनौट र रेखाका आधारमा मानिसको भाग्य र स्वभाव निर्धारण गर्ने समेत उनीहरु बताउँछन् ।

    हातको रेखा जस्तै खुट्टाका रेखाले पनि मानिसको स्वभाव र भाग्य विश्लेषण गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । 

    पैतालामा कस्तो चिन्ह, बनोट वा रेखा भए मानिसको स्वभाव कस्तो रहन्छ ?

    १. शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथितिर गएको रेखा छ भने त्यस्ता ब्यक्तिहरु भोगी र विलाशी हुन्छन् । उनीहरु भाग्यमानी, प्रतिष्ठित र धनी समेत हुने योग हुन्छ ।

    २. यदि कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुने योग हुन्छ । उनीहरुले धन कमाउन धेरै मेहनत गर्नुपर्दैन ।

    ३. यदि कसैको पैतालमा त्रिशुलको चिन्ह छ भने, ति ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । उनीहरुले उच्च पदको सरकारी जागिर वा पदवी पाउने योग हुन्छ ।

    ४. यदि कसैको पैतालाको बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ भने त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।

    ५.यदि पैतालामा दुई धर्का जोडिएर क्रस भएको छैन भने ति ब्यक्तिहरु भाग्यशाली हुने योग हुन्छ । यस्ता व्यक्तिले ब्यापार ब्यवसाय गरेमा सफलता पाउने योग हुन्छ ।

    ६. जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ भने यस्ता ब्यक्ति धनी हुने तर धनलाई महत्व नदिने हुन्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast