बिहिवार, कार्तिक २८, २०७६
    पर्यटन समाचार

    कात्तिक १० देखि हिमालय एयरलाइन्सको काठमाडौ-बेइजिङ उडान सुरु

    शुक्रबार, १ कार्तिक २०७६, आहाखबर

    काठमाडौँ, १ कात्तिक 

    लक्ष्मी पुजादेखि हिमालय एयरलायन्सले चीनको राजधानी बेइजिङ उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले चीनको राजधानीमा अघिल्लो महिनामात्र निर्माण सम्पन्न भएको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी गरेको हो ।

    एयरलाइन्सले पहिलो उडानका लागि बुकिङ पनि लिन थालिसकेको छ । एयरलाइन्सका अनुसार पहिलो उडान अहिले भएकै एयरबसको ए३२० सिरिजकै जहाजबाट उडान हुने छ ।

    एयरलाइन्सले काठमाडौं-बेइजिङ रुटमा हप्तामा ३ उडान गर्ने भएको छ। हिमालयले बेइजिङसँगै सन् २०१९ भित्रै चीनका अन्य तीन सहरमा उडान गर्ने बताएको छ ।

    एयरलाइन्सका अनुसार चीनको गुयाङ, चाङ्सा र नाङचिङमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बेइजिङ बाहेका यी सहरमा नोभेम्बरभित्रै उडान सुरु गर्ने बताएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast