मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    अमिताभ बच्चन अस्पतालमा भर्ना

    शुक्रबार, १ कार्तिक २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, १ कात्तिक ।

    महानायक अमिताभ बच्चन पछिल्लो ३ दिनयता मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । बच्चन रुटिन चेकअपका लागि मंगलबार दिउँसो २ बजे अस्पतालमा भर्ना भएका हुन् । जानकारी अनुसार उनलाई आइतबार डिस्चार्ज गरिनेछ ।

    अमिताभ बच्चन रुटिन चेकअपका लागि अस्पताल जाँदै-आउँदै गरेका छन् । सन् २०१२ मा पनि सर्जरीका कारण १२ दिनका लागि उनी अस्पताल भर्ना भएका थिए । उनी लिभर क्यान्सरबाट ग्रसित छन् । 

    त्यतिखेर डाक्टरहरुले क्लिनिकल्ली डेट समेत घोषणा गरिसकेका थिए । धेरै रगत बगेपछि २०० भन्दा बढी डोनर्सबाट उनलाई ६० बोतल रगत चढाइएको थियो । यस खतराबाट उनी मुक्त हुन सफल बनेपनि अर्को गम्भीर समस्याले उनलाई समात्यो ।

    जानकारी अनुसार उनी २५ प्रतिशत लिभरको साहारामा जिइरहेका छन् । हेपाटाइटिस इन्फेक्शनका कारण उनको ७५ प्रतिशत लिभर खराब भइसकेको बताइएको छ ।

    सन् १९८२ मा फिल्म कुलीको सुटिङको क्रममा उनलाई गहिरो चोट लागेको थियो, जसको कारण उनको धेरै रगत बगेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast