बिहिवार, कार्तिक २८, २०७६
    खेल संसार

    किन सधैँ 'कुल' देखिन्छन् धोनी ? के उनलाई रिस उठ्दैन ?

    शुक्रबार, १ कार्तिक २०७६, आहाखबर

    काठमाडौं, १ कात्तिक ।

    महेन्द्र सिंह धोनीको खेल्ने शैली तथा हालसम्म तय गरेको यात्रा र उचाइ जुनरुपमा धेरैका लागि प्रेरणादायी छ, उनको व्यक्तित्वको प्रभावसमेत धेरैमा गाढा गरी परेको छ ।

    आखिर धोनी मैदानमा या बाहिर पनि किन यति भद्र र शालीन देखिन्छन् त ? के उनलाई रिस उठ्दैन ? उठ्छ भने खास उनीमा के चिज छ ।

    कठिन परिस्थितिमा चाल्नुपर्ने आगामी कदममा ध्यान केन्द्रित गर्दा उनलाई आफ्नो भावनामाथि नियन्त्रण राख्न सहयोग मिल्ने रहेछ ।

    केही महिनाअघि मात्रै भएको एकदिवशीय विश्वकपको अन्तिम ४ बाट बाहिरिएपछि धोनीले आफ्नो स्वभावबारे पहिलोपटक केही प्रकाश पारेका थिए ।

    विश्वस्तरमा सम्भवतः सबैभन्दा तीक्ष्ण र परिस्थितिको परख गरी कदम चाल्ने दिमाग भएका खेलाडीमध्येका एक धोनीलाई थाहा छ कि कठिन अवस्थामा आफू वा टोलीका अन्य साथीलाई कसरी दबाबबाट बाहिर ल्याउने । जबजब यस्ता कठिन अवस्थालाई फर्केर हेरिन्छ, यस्तो बेला उनले आफ्नो उच्च क्षमता प्रदर्शन गरेको उनको करियरलाई फर्केर हेर्दा स्पष्ट हुन्छ । जुन समय अधिकांश अवस्थामा उनी मात्रै होइन टोलीले समेत सफलता आत्मसाथ गरेको छ ।

    धोनीले भनेका छन्, ‘मलाई पनि धेरैपटक रिस उठ्छ, निराश भइरहेको हुन्छु, आखिर म पनि सबैजस्तै मानिस न हुँ। तर, अन्य साथीभन्दा मैले केही बढी आफ्ना भावनालाई नियन्त्रण भने गर्नसक्ने रहेछु। तर, यो महत्वपूर्ण छ कि रिस, आक्रोश, आवेग या बदला, यस्ता कुनै पनि भावना रचनात्मक हुँदैनन्।’

    ‘म भावी रणनीति बनाउन दिमागलाई बढी जोड दिइरहेको हुन्छु। मलाई लाग्छ छोटो समयमा प्राप्त गर्न सकिने लक्ष्यको महत्वलाई बुझ्नसक्ने हो भने यसले ठूलो सफलता हासिल गर्न सहयोग पुर्‍याउँछ।’

    सन् २०११ आफ्नै भूमीमा पहिलोपटक तथा समग्रमा दोस्रोपटक (पहिलोपटक कपिलदेवको कप्तानीमा भारत सन् १९८३ मा विश्वविजेता बनको थियो) भारतलाई विश्वकपको उपाधि दिलाउने क्रममा धोनीले नै कप्तानी पारी खेलेपछि सहआयोजक समेत रहेको श्रीलंकालाई पाखा लागाएको थियो । 

    उनले त्यतिबेला बनाएको ७९ बलमा अविजित ९१ रन होस् या सन् २०१३ को च्याम्पियन्स ट्रफीको फाइनलमा कम लक्ष्य दिएको अवस्थामा पनि बलहरुलाई सटिक ढंगबाट चलायमान बनाइ ट्रफी हत्याउँदा (२० ओभरमा १ सय ३० रनको लक्ष्य दिएकोमा इंग्ल्यान्डलाई भारतले उसकै भूमीमा १२४/८ कै अवस्थामा रोकेको थियो) होस्, धोनीको यस्तो क्षमता धेरैपटक दोहोरिएका छन् ।

    ‘मैले अब बनाउनुपर्ने नयाँ रणनीति के हो ? आगामी समयमा मैले प्रयोगमा ल्याउन सक्ने उपयुक्त व्यक्ति को हुनसक्छ ? जब एकपटक म यसबारेको सोचमा समाहित हुन पुग्छु, तब मैले मेरा भावनालाई सहज तवरबाट नियन्त्रण गर्नसक्छु ।’

    उनी यस कुरालाई भने स्वीकार गर्छन् कि भारतीय क्रिकेट टोलीका अन्य सदस्यभन्दा उनी आफ्ना भावनालाई राम्रो तवरबाट नियन्त्रणमा राख्न सक्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast