बिहिवार, कार्तिक २८, २०७६
    मुभी-थिएटर

    ‘छ माया छपक्कै’ पछि दीपक दीपाको नयाँ फिल्म, यस्तो छ नाम

    बिहिवार, ३० असोज २०७६, आहाखबर

    काठमाडौँ, ३० असोज 

    असोज २४ बाट दिपक दिपा टिमको फिल्म ‘छ माया छपक्कै’ सिनेमा हलमा चलिरहेको छ । यस फिल्मलाई दर्शकहरुले पनि अत्याधिक रुचाएका छन् । 

    त्यति मात्र होइन् समीक्षकले पनि फिल्मलाई राम्रो भनेका छन् । राजनिति र प्रेम कथामा आधारित फिल्मको अहिलेसम्मको कलेक्सन हेर्दा १२ देखि १५ करोडसम्मको कमाई गर्ने निर्माण टिमको आशा छ । 

    यो फिल्म दिपक र दिपाको टिमले ५० प्रतिशत लिने शर्तमा गरेका थिए । रोहित अधिकारीले निर्माण गरेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । त्यसैले अहिले दिपक र दिपाको टिम फिल्मको सफलताको खुसी एक अर्कामा साटिरहेका छन् । । किनभने योे टिमलाई सुरुवात देखि नै छ नाम लक्की बन्दै आएको छ ।

    एक जानकारीको अनुसार ‘छ माया छपक्कै’ सफलतापछि अब यो टिमले अर्को नयाँ फिल्ममा काम गर्ने भएका छन् । अर्को वर्षको दशैमा रिलिज हुने गरी फिल्मको नाम पनि छ बाटै जुराएका छन् । अब बन्ने फिल्मको नाम ‘छन् गेडी सबै मेरी’ हुने बताइएको छ । तर औपचारिक घोषणा भएको छैन् । 

    फिल्ममा सिमोस सुनुवारको लगानी र निर्देशन रहनेछ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखिरहेका छन् । यस फिल्मबाट दिपक दिपाको टिमले ६० प्रतिशत लिने शर्तमा गर्न लागेको जनाएको छ । फिल्म फागुन अन्तिमबाट छायांकनमा जाने तयारीमा छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast