बिहिवार, कार्तिक २८, २०७६
    स्वास्थ्य

    बिर्सने रोग छ ? स्मरणशक्ति बढाउन यस्ता उपाय अपनाउनुहोस्

    बिहिवार, ३० असोज २०७६, आहाखबर

    काठमाडौँ, ३० असोज 

    आजभोलिको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । यसैले गर्दा कहिलेकांही हामी ससाना कुराहरु सम्झिन नसकेर पनि चिन्तित भइरहेका हुन्छौँ । यदि तपाईंमा यो समस्या छ भने यहाँ बताइएका उपाय अपनाउनुस् ।


    भिजाइएको बदाम

    प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुस् । अनि त्यसमा मह हालेर उमाल्नुस् । त्यसपछि त्यसलाई चिसो बनाएर पिउनुस् । यो सेवन गरेको दुई घन्टासम्म केही नखानुस् ।


    अमला

    अमलाले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । बिहान खाली पेट अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या पनि यसबाट हुँदैन ।

     

    गाईको घिउ

    गाईको घिउको राति सुत्नुअघि टाउकोको मालिस गर्नुस् । यसले स्मरणशक्ति तीखो बनाउँछ ।

     

    ओखर

    ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् ।

     

    गाजर

     

    दिनको दुईतीनचोटि गाजर खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

     

    रहर दाल

    राति सुत्नुअघि रहरको दाल भिजाएर राख्नुस् । बिहान यो दालको पेस्ट बनाएर त्यसमा मिश्री हाल्नुस् । अनि दूधसित त्यसको सेवन गर्नुस् । दिमाग तीखो हुन्छ ।

     

    मह र दालचिनी

    महसँग १० ग्राम दालचिनी मिसाएर चाट्नुस् । स्मरणशक्ति बलियो हुन्छ ।

     

    सूप

    सूपको दानालाई पिँधेर धूलो बनाउनुस् । अनि यो धूलोलाई बिहान बेलुका दूधसँग पिउनुस् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast