मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    मानिसहरु सामाजिक सन्जालमा लेखिरहेका छन् – विश्वकी नयाँ राजकुमारी !!

    बिहिवार, ३० असोज २०७६, आहाखबर

    एजेन्सी, ३० असोज । 

    रुसकी छ वर्षकी यलिना यकुपोवाको सौन्दर्य देखेर अहिले विश्व चकित बनेको छ । 

    यी बालिकाले ४ वर्षको उमेरदेखि नै मोडलिङ सुरु गरेकी थिइन् । सानैदेखि मोडलिङमा लागेकी यी बालिकाका इन्स्टाग्राममा पनि २२ हजारभन्दा धेरै फलोअर्स पुगेका छन् । र मानिसहरु सामाजिक सन्जालमा लेखिरहेका छन्– विश्वकी नयाँ राजकुमारी ।

    अर्कोतिर, यलिनाले विभिन्न फेसन अभियानहरुमा पनि भाग लिएकी छिन् । उनी मोनालिसा किड्स, ग्लेरिया जिन्सलगायतका ब्रान्डका लागि आधिकारिक प्रतिनिधि पनि हुन् । उनका म्यानेजरका अनुसार पछिल्लो वर्ष उनलाई अमेरिका, जर्मनी, बेलायतबाट सबैभन्दा बढी खोजिरएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast