शुक्रबार, मंसिर ६, २०७६
    अध्यात्म चर्चा

    यस कारण बिहिबार कसैलाई पनि पैसा सापटी नदिनुस्

    बिहिवार, ३० असोज २०७६, आहाखबर

    काठमाडौँ, ३० असोज 

    कुनैपनि नँया कामको सुरुवात गर्दा हामिले एकपटक सोचबिचार गरेरै गर्नु राम्रो हुन्छ । जे कार्य पनि हतारमा गर्दा कार्य सफल नहुन सक्छ । 

    त्यसैले कुन बार कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा हामिलाई थाहाँ हुनु जरुरी छ । बेलैमा कस्तो कार्य गर्दा सफल भइन्छ भन्ने कुरा जानकारी भएमा आइपर्ने समस्याबाट सजिलै छुटकारा पाउँन सकिन्छ ।

    बिहिबार पनि धार्मिक दिन भएकोले यस दिन गरेका केहि कार्यहरु सफल हुने गर्छन् । तपाईले अनावश्यक खर्चका कारण पैसा बचाउन सक्नु भएको छैन भने बिहीबार यस्ता कार्य गरेमा खर्च कम हुने गर्छ ।  

    बिहिबारलाई गुरुबार  भनिने हुनाले गुरुको कृपा हुने ब्यक्तिलाई कहिले पनि पैसाको कमि हुदैन। हरेक बिहिबार स्नान गरी घ्यू  को बत्ति  बालेर भगवान बिष्णुको पुजा गर्नु धेरै नै राम्रो हुन्छ । 

    यस दिन साँझ केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनु र कसैले पैसा माग्न आएमा नदिनु राम्रो हुन्छ । बिहिबार पैसा दिएमा तपाइको आर्थिक समस्या पैदा हुन्छ। यस दिन दिएको पैसा फिर्ता आउदैन ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast