बिहिवार, कार्तिक २८, २०७६
    खेल संसार

    टी-१० क्रिकेट लिगमा सन्दीप लामिछाने कर्नाटका टस्कर्सबाट खेल्ने

    बुधबार, २९ असोज २०७६, आहाखबर

    काठमाडौँ,  २९ असोज

    नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिग २०१९ मा छनोट भएका छन् ।

    युनाइटेड अरब इमिरेट्स (यूएई)मा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई कर्नाटका टस्कर्सले जारी ड्राफ्टमार्फत ए क्याटेगोरीमा रहेका सन्दीपलाई पहिलो राउण्डमै लिएको हो ।

    उनले ४५ हजार अमेरिकी डलर(झण्डै ५१ लाख नेपाली रुपैयाँ) पाउने छन् । उनको टिमको आइकोनिक प्लेयर हसिम अमला रहेका छन् भने प्रशिक्षकमा टम मुडी रहेका छन् । सन्दीप गत सिजनमा केरला नाइट्सबाट खेलेका थिए ।

    टी-१० क्रिकेट लिगमा विभिन्न ८ ओटा टिम रहेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast