शुक्रबार, मंसिर ६, २०७६
    लाइफस्टाइल

    तपाई कति रिसाउनु हुन्छ ? रिसको कुनै फाइदा छ ?

    बुधबार, २९ असोज २०७६, आहाखबर

    काठमाडौं, २९ असोज ।

    रिसले हामीलाई खतरासँग लड्ने, श्रोतका लागि प्रतिस्पर्धा गर्ने र सामाजिक मुल्यमान्यता लागु गर्ने स्वभाव दिएको छ । यो मष्तिष्कको ‘रिवार्ड सर्किट’मा बसेको छ ।

     

    खतराको संकेत :

    कुनै विशेष परिस्थितीमा के हुन्छ भनेर हामी निरन्तर –प्रायः अर्धचेत – मुल्याङ्कन गरिरहेका हुन्छौं। हामीले सिकेको अपेक्षा र यथार्थबीच तालमेल नमिले हाम्रो मष्तिष्कको ‘रिवार्ड सर्किट’ले खतराको संकेत दिन्छ र ‘अमिगडला’ भनिने एउटा सानो बदामको आकारजत्रो मष्तिष्को क्षेत्र सक्रिय हुन्छ ।

    रिसले शरीरलाई लड्न वा भाग्न उक्साउँछ । शरीरमा ‘एड्रिनालिन’ र ‘टेस्टोस्टेरोन’ जस्ता ‘स्ट्रेस हर्मोन’ उत्पादन हुन्छ । यसले हामीलाई आक्रामक बनाउँछ । त्यसपछि हामी मुख छाड्छौं कि कसैलाई मुक्का हान्छौं त्यो भने ‘प्रि–फ्रन्टल एरिया’मा भर पर्छ । मष्तिष्कको यो भागले निर्णय र तर्क दिने काम गर्दछ । यसले रिसलाई सामाजिक रूपमा स्वीकार्य तरिकामा प्रस्तुत गर्न लगाउँछ । हामी अधिकांशको मौलिक स्वभावलाई नियन्त्रण गर्दछ ।

    रिस उठेपछि जोखिमप्रति हाम्रो दृष्टिकोण फेरिन्छ। रिसले हामीलाई आवेशमा ल्याउने र खराब परिणामको सम्भावनालाई नजरअन्दाज गर्न उद्दत गराउने अध्ययनहरूले देखाएका छन्। 

     

    रिसको कुनै फाइदा छ ?

    इतिहासदेखि नै रिसलाई नकारात्मक रूपमा हेर्ने गरिएको छ। प्राचीन रोमका सेनेनकाले रिसलाई ‘युद्धका लागि पनि काम नलाग्ने’ बताएका थिए । क्रोधलाई उनले पापको सूचिमा राखेका थिए। तर समाजलाई नभए पनि रिसाएको व्यक्तिलाई भने केही फाइदा पुग्ने विज्ञानले दर्शाएको छ ।

    रिस शक्तिशाली उत्प्रेरक बन्नसक्छ । सन् २०१० मा गरिएको एउटा अध्ययनमा सहभागीलाई कम्प्युटरको ‘स्क्रिनमा’ कलम र मगलाई रिसाएको वा भावशुन्य अनुहारसँग मिसाएर देखाइएको थियो । रिसाएको अनुहार पहिले आउँदा, मानिसहरूले ‘स्क्रिन’मा देखिएका सामग्री बढी आकर्षक देखेको बताए । रोचक कुरा त के भने – सहभागीलाई यो उत्प्रेरणाबारे चेत थिएन ।

    रिसको बाहिरी अभिव्यक्तिले पनि व्यक्तिलाई हेर्ने दृष्टिकोण बदलिन्छ । लरिसा टिडेन्स अमेरिकी मनोविद् हुन् । उनले रिसबारे वृहत अनुसन्धान गरेकी छिन्। अनुसन्धानकै क्रममा मोनिका लेवेन्स्की ‘स्क्यान्डल’बारे आक्रोश पोख्ने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनप्रति सहभागीले सहानुभूति राखेको देखियो । क्लिन्टनले दुख व्यक्त गर्दा उनीहरूले पत्याएनन् । यो प्रभाव अर्का अज्ञात नेताको सवालमा पनि देखियो।

    दुखीभन्दा पनि आफूलाई रिसाएको भनेर वर्णन गर्ने रोजगार उम्मेदवारको ओहदा पनि उच्च र बढी पारिश्रमिक दिइएको टिडेन्सले पत्ता लगाइन्। रिस देखाए वार्ता सफल हुने सम्भावना पनि बढी हुने देखिएको छ । हठी र हावनी हुने व्यक्तिसँग सबैले हार मान्छन् । रिसाएका पुरूषबारे यी अनुसन्धानले प्रष्ट्याए पनि रिसाउने महिला मानिसलाई मन नपर्ने केही प्रमाण फेला परेका छन् ।

    जीवन भोगाइका अनुभवले पनि मानिसको रिस अनुभव गर्ने तरिकालाई आकार दिन्छ । हिंसाले मानिसको संज्ञानात्मक प्रक्रियामा कस्तो प्रभाव पार्दछ भनेर हालै एउटा अध्ययन गरिएको थियो। हिंसात्मक बाल्यकाल बिताएका व्यक्तिले ‘असल’ र ‘खराब’ अपरिचितबीच भेद गर्नसक्ने अध्ययनमा देखिएको छ। तर उनीहरू मानिसलाई कम विश्वास गर्छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast