बुधबार, कार्तिक २७, २०७६
    कृषि-उर्जा

    चीनले अमेरिकी कृषि उत्पादन खरिदलाई बढाउने

    मंगलवार, २८ असोज २०७६, आहाखबर

    बेइजिङ, २८ असोज 

    बेइजिङले अमेरिकी कृषि उत्पादन खरिदलाई वृद्धि गरिसकेको र यसलाई अझ बढाउँदै लैजाने चीनको विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ । 

    स्थानीय बजारको माग र चिनियाँ कम्पनीहरूको आफ्नै पहलमा उनीहरूले अमेरिकी कृषि सामग्रीहरूको खरिद गरेको र यो बजारकेन्द्रित अवधारणा अनुसार गरिएको हो,” प्रवक्ता केङ सुआङले नियमित पत्रकार भेटघाटमा बताउनुभयो ।

    यो बर्ष दुई करोड टन भटमास, सात लाख टन सुगुरको मासु, सात लाख टन ‘सोरघम’ दुई लाख ३० हजार टन गहुँ र दुई लाख २० हजार टन कपास अमेरिकाबाट चीन भित्रिएको केङले बताउनुभयो । उहाँले आगामी दिनमा चीनले अमेरिकी खाद्यान्नजन्य कृषि उत्पादनको आयातलाई बढाउँदै जाने पनि बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast