मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    राधिका आप्टेले बिहेमा च्यातिएको साडी लगाएपछि ...

    मंगलवार, २८ असोज २०७६, आहाखबर

    एजेन्सी, २८ असोज

    बलिउड अभिनेत्री राधिका आप्टेले आफ्नो फिल्मी करिअर फिल्म वाह लाइफ तो ऐसीबाट गरेकी थिइन् । त्यसमा उनको अत्यन्त सानो भूमिका थियो । त्यसपछि उनले फिल्म शोर इन द सिटीमा काम गरिन् । 

    अनि त उनले पछाडि फर्किएर हेर्नु परेन । यसको एउटै कारण थियो– उनको सौन्दर्य र कला । 

    तिनै राधिकाले केही दिनअघि एउटा अन्तर्वार्तामा एउटा खुलासा गरेकी छिन् । त्यो हो– उनले विवाहमा च्यातिएको साडी लगाएकी थिइन् । 

    उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘मैले विवाहमा हजुरआमाको पुरानो मराठी साडी लगाएकी थिएँ । मलाई थाहा थियो, त्यो साडी च्यातिएको थियो र म हजुरआमालाई कति माया गर्छु भने च्यातिएको साडी नै लगाएर मैले विवाह गरेँ । यो मैले हजुरआमालाई देखाएको माया थियो ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast