शुक्रबार, मंसिर ६, २०७६
    कला-सौन्दर्य

    कनिकासँग टाढिएका पूर्व युवराज पारस सोनिकासँग नजिकिए

    मंगलवार, २८ असोज २०७६, आहाखबर

    काठमाडौं, २८ असोज

    विवादित युट्युबर सोनिका रोकायसित पूर्वयुवराज पारस शाहको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ ।

    पोखरामा रेकर्ड भएको एउटा भिडियो भाइरल भएपछि पारसको चर्चा चुलिएको हो । हार्ले डेबिडसनको बुलेट बाइकमा सवार पारसले आफ्ना शुभेच्छुकहरुलाई राजावादी नभन्न अनुरोध गर्दै सबै जना नेपाली भएको बताइरहेकै बखत अगाडिबाट आएकी एक युवती उनलाई अंगालो हाल्दै बाइकमा चढ्छिन् । युवती चढ्ने बित्तिकै पारसले बाइक हुँइक्याएका छन् ।

    यसरी पारसको बाइकमा चढ्ने युवती हुन् सोनिका रोका । युट्युवरकारुपमा चर्चित सोनिका र पूर्व युवराज पारसबीचको सम्बन्ध नजिकिएको गाँइगुई चलिरहेका बखत बाहिरिएको यो भिडियोले उनीहरुको सम्बन्धको हल्लामाथि थप बल पुगेको छ ।

    सोनिकाले दरबारमार्गमा लिक्विड लाउन्ज सञ्चालन गरिरहेकी छन् । उक्त लाउन्जमा पारस नियमित जाने गर्दथे । यही सिलसिलामा उनीहरुबीच भेटघाट भएको हो । सोनिकाले यसअघि नै पारससँग बसेका केही टिकटक भिडियोहरु समेत सार्वजनिक गरेकी छन् । 

    सोनिकाले भने आफूहरूबीच मित्रताको सम्बन्ध मात्रै भएको बताएकी छिन् । सोनिकाले युट्युवमा ‘द सोनिका शो’ नामक सञ्चालन गर्दै आएकी छिन् । उनले भारतका चर्चित कमेडियन कपिल शर्माको समेत अन्तरवार्ता लिएकी थिइन् । 

    द्विअर्थी अन्तर्वार्ता शैलीका कारण सोनिका बेला बेला विवादमा पनि पर्ने गरेकी छिन् । सोनिकाले केही म्यूजिक भिडियोहरूमा मोडलिङ पनि गरेकी छिन् ।

     

    पूर्व युवराज पारसको कनिकासँगको सम्बन्ध

    मुलुकमा राजतन्त्र अवसानसँगै पारस पनि लामो समय थाइल्याण्डमा बसेका थिए । सोही क्रममा उनी कनिका चैयर्सनसँग प्रेम सम्बन्धमा थिए । थाइल्याण्ड प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ पनि गरेको थियो । 

    केही वर्षअघि नेपाल आएका पारस बेलाबखत निर्मल निवासमानबसी छुट्टै बस्दै आएका छन् । पारस नेपाल आएसँगै कनिकासँगको सम्बन्धमा चिसोपना आएको कनिकाको फेसबुक स्टाटसहरुबाट आंकलन गर्न सकिन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast