शुक्रबार, जेष्ठ १६, २०७७
    खेल संसार

    ९ सय ७३ खेलबाट रोनाल्डोको ७ सय गोल पूरा

    मंगलवार, २८ असोज २०७६, आहाखबर

    २८ असोज, काठमाडौं ।

    र्चुगल तथा इटालियन क्लब युभेन्टसका विश्व चर्चित स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेल जीवनको ‘माइलस्टोन’ ७०० औँ गोल पूरा गरेका छन् ।

    क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरमा ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् ।

    उनले आफ्नो देशको लागि ९५ गोल पूरा गरेका छन् । उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित हुन पुगेको छ ।

    समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा २-१ गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा नै २-० गोलले पछि परेको पोर्चुगलका लागि खेलको ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै फर्किने संकेत देखाएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा पोर्चुगल हार्न पुग्यो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast