शुक्रबार, जेष्ठ १६, २०७७
    खेल संसार

    विश्वकप छनोट : नेपालले मंगलबार जोर्डनसँग खेल्ने

    सोमबार, २७ असोज २०७६, आहाखबर

    काठमाडौं, २७ असोज 

    फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत नेपालले मंगलबार जोर्डनविरुद्ध खेल्दैछ ।

    छनोटको चौथो खेल खेल्न लागेको नेपाल जोर्डनसँग सक्दो राम्रो खेलेर अंक खोस्ने लक्ष्यमा रहने छ । 

    छनोट खेलमा नेपालले जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्न लागेको हो । नेपाल र जोर्डनबीचको खेल मंगलबार राति ९ बजेर ४५ बाट शुरु हुनेछ ।

    छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने चाइनिज ताइपेइसँ २–० गोलको जित हात पारेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast