बुधबार, कार्तिक २७, २०७६
    अावास-निर्माण

    केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्ने चीनको प्रतिबद्धता

    शनिबार, २५ असोज २०७६, आहाखबर

    काठमाडौं, २५ असोज 

    नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्।

    शनिबार नेपाल आएका उनले आफ्नो सम्मानमा होटेल सोल्टी क्राउन प्लाजामा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

    यसका साथै राष्ट्रपति सीले नेपाल भ्रमण वर्ष २०२० मा आफूले चिनियाँ पर्यटकलाई नेपालमा पठाउने प्रतिबद्धता समेत व्‍यक्त गरे। उनले भने, ‘नेपाल चीन सम्बन्धमा कुनै समस्या छैन, हामीबीच मित्रताको सम्बन्ध गहिरो छ।’

    उनले नेपाल र चीनको राजनीतिक सम्बन्ध थप बलियो बन्‍नेमा आफू विश्‍वस्त रहेको बताए। उनले भने, ‘जलवायुबारे दुई चीनले चासोको समर्थन गर्छ र हिमालय क्षेत्रको रक्षामा समेत सहयोग गर्ने तत्परता देखाउँछ।’

    यसअघि राष्ट्रपति भवन शीतल निवासमा भेटवार्तामा नेपाल–चीन सम्बन्धका विषयमा छलफल भएको राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी थिइन्।

    राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुई दिने राजकीय भ्रमणमा चेन्‍नइबाट सिधै काठमाडौं आएका हुन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast