बिहिवार, कार्तिक २८, २०७६
    पर्यटन समाचार

    युनेस्कोको सूचिमा सूचिकृत काठमाडौंका सात सम्पदा : पर्यटकको लागि उत्कृष्ट गन्तव्य

    शनिबार, २५ असोज २०७६, आहाखबर

    काठमाडौँ, २५ असोज 

    संसारभर एकै सहरमा सात वटा सम्पदा सूचिकृत हुने सहर काठमाडौं मात्र भएको युनेस्कोको सूचिमा उल्लेख छ । त्यस्तै नेपाल भ्रमण वर्ष सन् २०२० को उत्कृष्ट पर्यटकीय गन्तव्य मध्ये काठमाडौं नै मुख्य भएको संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक एवं सांस्कृति संगठन (युनेस्को) ले जनाएको छ। 

    युनेस्कोले वर्षोदेखि सात सम्पदालाई विश्व सम्पदा सूचिमा राखेर प्रवर्द्धन गर्दै आएको छ। सांस्कृतिक मात्र नभएर पुरातात्विक रुपमा सम्पन्‍न सहर मध्ये काठमाडौं उत्कृष्ट गन्तव्य भएकोभन्दै पर्यटन प्रवर्द्धन, प्रचारप्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट दश सहर मध्ये पाँचौ सहरमा राखेको थियो।

    विश्वसम्पदा सूचिमा रहेका सात वटा सम्पदा एउटै सहरमा पर्न सफल भएको काठमाडौं विश्वकै एक मात्र सहर भएको उसको भनाई थियो। काठामाडौं पुरतात्विक सम्पदा लगायत प्राचिन कला र संस्कृति हेर्न मिल्‍ने सहर भएको र बस्नका लागि उपयुक्त मौसम भएको संस्थाको भनाई छ।

    मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइनु यहाँको विषेशता हो। सन् २०१९ को भ्रमणका लागि उत्कृष्ट १० सहरमध्ये डेनमार्कको कोपनहेगन पहिलो, चीनको सेन्जेन दोस्रो, सर्वियाको नोवि साड तेस्रो, अमेरिकाको मैमि चौथो, नेपालको काठमाडौं पाचौं, मेक्सिको सिटी छैटौं, डाकरको सेनेगल सातौं, अमेरिकाको सित्तल आठौं, जादरको क्रोसिया नवौं र दशौं सहरमा मेक्नेस देशको मोरोक्को रहेका छन्।

    सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष राखेकोमा भ्रमणका लागि काठमाडौं नै मुख्य गन्तव्य हुने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताए। नेपालमा अन्य क्षेत्र पनि पर्यटकीय दृष्टिकोणले आकर्षक रहेको बताउँदै मन्त्री भट्टराईले प्रयाप्त सेवा, सुविधाका कारण काठमाडौं नै पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको बताए।

    नेपाल आउने पर्यटक मध्ये ५० प्रतिशतले काठमाडौं मै समय बिताउने गरेको पाइएको छ। सरकारको सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। प्रचारप्रसारदेखि सबै क्षेत्रमा सहयोग गर्नु सम्पूर्ण नागरिकको कर्तव्य भएको बताउँदै मन्त्रालयले नागरिकहरूलाई यसमा सहयोग गर्न आग्रह गरेको छ।

    २०७२ को भूकम्पले क्षती पुर्‍याएको काठमाडौंका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणले गति लिएको अधिकांशको पुनःनिर्माण सम्पन्‍न भएकाले काठमाडौं घुम्नलायक सहरको रुपमा रहेको लोन्ली प्लानेटको ठहर छ। प्लानेटले हनुमान ढोका, इन्द्रचोक, गार्डेन अफ ड्रिम, इतुम वहाल, असन टोल, दरवार स्क्वाइर, नक्साल चोक, सेतो मछिन्द्रनाथ मन्दिर, कुमारी वहाल, त्रिभुवन म्युजियम, तलेजु मन्दिर, नारायणहिटी म्युजियम, बाङगेमुढा मुख्य पर्यटकीय स्थलको रुपमा उल्लेख गरेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast